काठमाडौं : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
भुमिकास्थान नगरपालिका १ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।
भुमिकास्थान नगरपालिकाको धारापानमा रहेको साईन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टे सालको भिरबाट लडेर गमालको ज्यान गएको हो ।
गमाल बाटोदेखि झण्डै ८० मिटर तल खसेको घटनास्थलबाट प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रीया