२०८२ असार १२ बिहीबार

राशिफल

जीप दुर्घटनामा परि सातको मृत्युपछि बझाङको मष्टा शोकमा

काठमाडौं : हिजो जीप दुर्घटनामा परेर सात जनाको मृत्यु भएपछि बझाङको मष्टा शोकमा डुबेको छ ।

हिजो सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा लागेको मेला हेरेर फर्किने क्रममा जीप दुर्घटना हुँदा मष्टा गाउँपालिकाका सात जना र कञ्चनपुरको शुक्लाफाँटाका एक जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परि मष्टा –२ खेतकोटका १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिता कठायत, ५० वर्षीया सिन्कीदेवी भण्डारी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा हिजो सुदूरपश्चिम प्रदेश ०१–००१ च ११७ नम्बरको जीप पल्टिएको थियो ।