२०८२ असार ४ बुधबार

राशिफल

सशस्त्र प्रहरी बलको ‘छैटौँ कमान्ड तथा स्टाफ कोर्ष’ मा डीएसपी सुरेश गैरे सर्वोत्कृष्ट

काठमाडौं  :  सशस्त्र प्रहरी बलमा सञ्चालित छैटौै कमान्ड तथा स्टाफ कोर्षमा प्रहरी नायव उपरीक्षक सुरेश गैरेले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन् ।

१८ महिने आवासीय कोर्ष प्रहरी संगठनको महत्वपूर्ण तथा उच्चस्तरीय तालिमअन्तर्गत पर्दछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नात्तकोत्तर तहको सुरक्षा विकास र शान्ति अध्ययन विषयक सो कोर्षका लागि १० जना छनोट भएका थिए । व्यावसायिक र एवं अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय महत्वका विषय, सुरक्षा, विपद व्यवस्थापन, कानुन, द्वन्द्व व्यवस्थापन, अर्थशास्त्रदेखि परारष्ट्र नीतिलगायतका विषयमा तालिम अवधिभर प्रयोगात्मक र सैद्धान्तिक सिकाइका कार्यक्रम सञ्चालन गरिएको थियो । प्रहरी संगठनको नेतृत्व निर्माणका लागि यो तालिम निकै महत्वपूर्ण मानिन्छ ।

संगठनमा प्रतिभाशाली गैरेले यसअघि सशस्त्र प्रहरी संगठनकै तर्फबाट अमेरिकाबाट आतंकवादविरुद्धको रणनीति विषयमा स्नात्तकोत्तर गरेका थिए ।