२०८२ जेठ १९ आइतबार

राशिफल

डेंगु संक्रमितकाे संख्या ४२ हजार नाघ्याे, ५१ जनाकाे मृत्यु

काठमाडौं : कात्तिक २ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ४२ हजार ५ सय ४ पुगेको छ ।

त्यस्तै डेंगुबाट अहिलेसम्म यो वर्ष संख्या ५१ जनाको ज्यान गएको छ । यो संख्या सन् २००४ यताकै उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ ।

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा। गोकर्ण दाहालका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।