मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । परिवार सँग रमाइलो भेटघाट पनि हुनेछ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । स्वादिष्ट भोजनको अवसर पनि मिल्ला ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज नयाँ कमको थालनी हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे गरेको कामबाट दोहोरो लाभ मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला, तर साँझमा खर्च बढ्न सक्छ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रणयसम्बन्ध बढेर जाने समय पनि छ ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आज विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज सामान हराउने वा चोरी हुने भय छ । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । स्वास्थ्य प्रति सजगता अपनाउनु होला ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु आज मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि समय त्यति राम्रो रहने छैन । पढाईको क्षेत्र कमजोर रहन सक्छ । गरिरहेको काममा विभिन्न समस्या आउँनाले काम सम्पन्न हुनमा ढिलासुस्ती हुन सक्छ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । व्यापार व्यवसायबाट लाभनै मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
तपाइँको प्रतिक्रीया