२०८२ असार ४ बुधबार

राशिफल

अर्घाखाँचीमा आफनै दाजुबाट भाईको हत्या

काठमाडौं : अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ मा आफ्नै दाजुले भाइको हत्या गरेका छन् ।

जिल्लाको भुमिकास्थान नगरपालिका–१ खलाधारा भीरबाट लडेको अवस्थामा साम्नेगाँउका ७० वर्षका वीरबहादुर गमालको शव भेटिएको थियो ।

प्रहरीका अनुसार बुधवार दिउँसो वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए ।

घर फर्किँदै गर्दा बेलुकी ७ बजे बाटोमा लेनदेनको विषयमा दाजुभाइको सामान्य वादविवाद हुँदा भीरबाट धकेली भाइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

हिमबहादुरलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।