२०८२ असार ४ बुधबार

राशिफल

बारामा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

काठमाडौं  :  बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ मा गएराती ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा जितपुर सिमरा उपमहानगरपालिका–१९ का २० वर्षीय बसरूदिन देवान रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका देवानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

नितनपुरबाट इनर्वा शिरातर्फ आउँदै गरेको बा २३ प ४२६९ नम्बरको मोटरसाइकललाई गएराति ९ बजे विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ त ४११५ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो ।

ट्रयाक्टर सहित चालकलाई अस्थायी प्रहरी पोष्ट इनर्वा शिराले नियन्त्रणमा लिएको छ ।