२०८२ जेठ २२ बुधबार

राशिफल

तिहारमा सयपत्री नफूलेपछि किसान चिन्तित

काठमाडौं : तिहार लक्षित गरेर लगाइएको फूल नफूलेपछि धनकुटाका किसान समस्यामा परेका छन् ।

धनकुटा नगरपालिको फूल उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको स्याउले, लाकुरे लगायत जिल्लाका अन्य स्थानमा लगाइएको सयपत्री फूल नफूलेपछि उनीहरु समस्यामा परेका हुन् ।

व्यवसायिक फूल खेती गरिरहेका अधिकांश किसानको करिब ४० प्रतिशत मात्र फूल फुलेको छ भने ६० प्रतिशत फूल कोपिलाबाट भर्खर फर्कन सुरु गर्दै छ । धनकुटामा तिहार बाहेक अन्य समयमा फूलको कारोबार प्रायः ठप्प नै हुन्छ ।