२०८२ जेठ २१ मङ्गलबार

राशिफल

दृश्य काँटछाँटको विषयमा ‘दुई नम्बरी’ निर्मातालाई बोर्डले सोध्यो स्पष्टीकरण

काठमाडौं : दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’का निर्मातालाई दुई दिने स्पष्टीकरण सोध्दै पत्र काटेको छ ।

फिल्म सम्पादन गरेको, दृश्य घटाएको र ध्वनिमा परिवर्तन गरेको हो वा होइन भन्दै बोर्डले स्पष्टीकरण सोधेको हो । सदस्य सचिव महेश पराजुलीले दुई दिनभित्र प्रष्टीकरण दिन निर्माण कम्पनी रेडबर्ड प्रोडक्सनलाई पत्र काटेको हो ।

बिहीबार निर्माताले दर्शकको मागलाई ध्यानमा राख्दै फिल्मलाई पुनः सम्पादनसहित रिलिज गरिएको जानकारी दिएका थिए ।