२०८२ जेठ २१ मङ्गलबार

राशिफल

अमेरिकी राजदूत थम्सनले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं : नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्सनले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा थम्सनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

राजदूत थम्सनले नेपालका लागि राजदूतका रुपमा काम गर्न पाउनु सम्मानको विषय भएको बताका छन् । ‘अमेरिका नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्लो ७५ वर्षका उपलब्धीलाई उछिन्नेछ भन्ने सुनिश्चित गर्न म नेपालको नेतृत्व र जनतासँग सहकार्य गर्न उत्सुक छु’, उनलाई उधृत गर्दै अमेरिकी दूतावासले भनेको छ ।