२०८२ असार ४ बुधबार

राशिफल

ओलीद्वारा नागरिकसँग ४ घण्टा टेलिफाेनमा कुराकानी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रवार नागरिकसँग झन्डै चार घण्टा टेलिफोनमा कुराकानी गर्नुभएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार उहाँले नागरिकसँग टेलिफोनमा कुराकानी गर्नुभएको हो । नागरिकसँग भएका कुराकानीले आफू उत्साहित भएको पनि अध्यक्ष ओलीले बताउनुभएको छ ।

उहाँसँग कुराकानी गर्न दुई लाख नौ हजार एक सय १६ जनाले नाम टिपाएका थिए । अध्यक्ष ओलीले सबैसँग कुरा गर्न नपाएको भन्दै यसलाई निरन्तरता दिने बताउनुभएको छ ।

गएको मङ्गलवार ओलीले फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै नागरिकसँग टेलिफोन कुराकानी गर्ने बताउनुभएको थियो ।