काठमाडौं : गोरखाको भिमसेन थापा गाउँपालिका–६ अश्राङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
अश्राङको ओख्लेपानी–तान्द्राङखोला ग्रामीण सडकको अल्केटारमा ना ६ त ५८६९ नम्वरको ट्रयाक्टर हिजो बेलुका दुर्घटना हुँदा चालक सोही ठाउँका २० वर्षका सुनिल भट्टको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बेदनाथ भण्डारीले जानकारी दिए ।
धान पराल ओसारिरहेको ट्रयाक्टरमा चढेका अरु केही घाइते भएका र अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए।
तपाइँको प्रतिक्रीया