२०८२ जेठ २२ बुधबार

राशिफल

यमपञ्चक अर्थात तिहार आजदेखि सुरु हुँदै

काठमाण्डौ  :  यमपञ्चक अर्थात तिहार आजदेखि सुरु हुँदैछ । आज दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लाग्ने भएकाले बेलुकी यमदीप दान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार भने भोलि परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ । समितिका अनुसार भोलि बेलुकी ५ बजेर ४ मिनेटसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनत्रयोदशी धनतेरस पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने भोलि आइतबार परेको छ ।