२०८२ असार ३ मङ्गलबार

राशिफल

हात्तीको आक्रमणमा एकजनाको मृत्यु

काठमाडौं :  बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको ज्यान गएको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिए ।

पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।