गीतमा लेखु सहयात्राीको शब्द तथा संगीत रहेको छ भने बिसम आचार्यको मिक्सिङ र एरेन्ज रहेको छ ।
यो गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने कोरियोग्राफी पनि उनकै छ ।
पियार बोलको भिडियोलाई निर्देशक हिमालीले डान्सिङ शैलीमा तयार परेका छन् ।
सार्वजनिक भिडियोमा अभिनेता निराजन प्रधान र अभिनेत्री प्रियांका कार्कीको अभिनय रहेको छ । अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा सम्पादन भने मनोज कार्कीको रहेको छ ।
बिहीबार सार्वजनिक भएको भिडियो ओएसआरको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।
तपाइँको प्रतिक्रीया