२०८२ जेठ २२ बुधबार

राशिफल

पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी सात सय ९८ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ४८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय १६ जनामा झरेको छ । थप २३ हजार ६ सय सात जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।