काठमाण्डौ : कारोवार हुने साताको पहिलो दिन आज सुन चाँदीको भाउ बढेको छ।
सुनको भाउ आज एकैदिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले बढेर १ हजार २ सय १५ रुपैयाँमा पुगेको छ । चाडपर्व सुरु भएसँगै सुनको माग बढिरहेको छ ।
दशैँ पछाडि दैनिक ३० देखि ३५ किलो माग रहेको सुन चाँदी महासङ्घले जनाएको छ।
तपाइँको प्रतिक्रीया