२०८२ जेठ २३ बिहीबार

राशिफल

सेयर बजार १४.३५ अंकले बढ्याे, साेमबारदेखि एक साताका लागि कारोबार बन्द

काठमाडौं  : नेप्से परिसूचक आइतबार उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुगेको छ । क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ ।

सेन्सेटिभ इन्डेक्सको २.८८ अंकले बढेर ३६५.९३ विन्दुमा पुगेको हो । साथै १३५ कम्पनीको मूल्य बढ्दा ३९ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनी स्थिर छ ।

कूल २२१ वटा कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजार ४८४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएको १३ उपसमूहमध्ये होटल तथा पर्यटन १९.९४ र म्युचुअल फण्ड ०.०४ ले घट्दा बाँकी सबै उपसमूह उकालो लागेको छ।

सबैभन्दा धेरै नन लाइफ इन्स्योरेन्स ९०.०९ अकंले बढेको छ । एभरेष्ट बैंक लिमिटेडको ५ करोड १६ लाख ३२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल बैंक लि. को ३ करोड ३८ लाख ८० हजार रूपैयाँले कारोबार भएको नेप्से परिसूचकले जनाएको छ ।