२०८२ जेठ २१ मङ्गलबार

राशिफल

कोरोना भाइरसको ओमिक्रोनको सव–भेरियन्ट एक्सबीबी फेला

FILE PHOTO: Test tubes labelled “COVID-19 Test Positive” are seen in front of displayed words “OMICRON SARS-COV-2” in this illustration taken December 11, 2021. REUTERS/Dado Ruvic/Illustration

काठमाडौं ः नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको सव–भेरियन्ट  (एक्सबीबी)  भेटिएको छ ।

नेपालमा पहिलो पटक एक्सबीबीका संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले गएको साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो ।