२०८२ असार ३ मङ्गलबार

राशिफल

थ्रेसरमा कपडा बेरिँदा कैलालीमा एक महिलाको मृत्यु

काठमाडौं, कार्तिक ७

थ्रेसरमा धान हाल्ने क्रममा भएको दुर्घटनामा कैलालीमा एक महिलाको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका ३ भर्रीटोलका ४५ वर्षका बिना चौधरीको मृत्यु भएको हो । आफ्नै घर नजिकैको खेतमा थ्रेसरमा धान हाल्ने क्रममा चौधरीको पटुकी थ्रेसरमा फसेर बेरिएपछि उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।