२०८२ असार ३ मङ्गलबार

राशिफल

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं : मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ रामधुनीचोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

धरान चतरा सडकखण्ड रामधुनीमा बा ५८ प ५६५४ नम्बरको मोटरसाइकलले सडकमा हिढदै गरेकी पैदल यात्री रामधुनीका ३५ वर्षीय विनोद रम्तेललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते रम्तेलको उपचारका क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको छ ।