काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सरकार र राजनीतिक दलले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएको छ ।
आज बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवम् राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण समारोहमा बोल्दै उपमेयर शाक्यले यस्तो बताएको हो । डंगोलले नेपाल सम्वतको छुट्टै मौलिक महत्त्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताए ।
उनले सरकारी कार्यालयहरूमा चलाउने डकुमेन्टहरूमा नेपाल सम्वत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर बताए ।
तपाइँको प्रतिक्रीया