२०८२ असार ३ मङ्गलबार

राशिफल

कालीकोटमा भीरबाट लडेर एकको मृत्यु

काठमाडौं :  कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भीररबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।

महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा  फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको  ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।