काठमाडौं : हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा जुवा खेलिरहेको समयमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा–६ का धुर्ब राईको घरमा जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताए ।
उनीहरुको साथबाट प्रहरीले कौडा १७ थान, नगद ३१ हजार ८२० रुपैयाँ बरामद गरिएको बताए । कौडामा खेल्ने, च्याखे थाप्ने, हेर्ने १७ जना र घरबेटी १ जना गरि जम्मा १८ जनालाई नियन्त्रणमा लिइएको हो ।
तपाइँको प्रतिक्रीया