२०८२ असार ६ शुक्रबार

राशिफल

मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको हत्या

काठमाडौं  :  मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको हत्या भएको छ । हिजोराति दमक नगरपालिका(१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको हत्यामा भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीेले नियत्रणमा लिएको छ । नियन्त्रणमा लिएका पाँच जना १८ वर्षमुनीका किशोर छन् ।

मोरङ र झापाको सीमा भएर बग्ने मावा खोलाको उर्लाबारी नगरपालिका वडा–७ खण्डमा लागेको छठ मेलामा श्रेष्ठमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।