२०८२ असार १० मङ्गलबार

राशिफल

डडेलधुरामा देउवाको चुनावी दौड : ७ पालिकामा ४ दिन

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने भएका छन् ।

उनी १७ गते डडेलधुरा सदरमूकाम अमरगढीमा हुने कार्यक्रममा सहभागी हुने छन् ।

१८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा तथा १९ गते अजयमेरु गाउँपालिका तथा भागेश्वर गाउँपालिकाको कार्यक्रममा सहभागी हुने देउवा २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको कार्यक्रममा सहभागी हुने छ ।