सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयरलिफ्टिङ हवाई एम्बुलेन्स दिने व्यवस्था गरे पनि उनको सुविधा सम्पन्न अस्पतालमा नपुगी मृत्यु भयो । यही कात्तिक १५ गते हुम्लाको अदानचुली गाउँपालिका–५ काँखे गाउँकी २० वर्षीया रङ्गिता शाहीको पनि सुत्केरी हुन नसकेर मृत्यु भएको छ ।
स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको आफन्त बलबहादुर शाहीले गुनासो गरे । गाउँबाट स्वास्थ्य संस्थासम्म पुर्याउन नसक्दा मृत्यु भएको बलबहादुरको भनाइ छ । हुम्लामा यातायातको समस्या छ । हवाई यातायातको विकल्प छैन तर जहाजको टिकट पाउन मुस्किल हुने गर्छ ।
तपाइँको प्रतिक्रीया