२०८२ जेठ २२ बुधबार

राशिफल

पीएम कपमा एपीएफकाे लगातार दाेस्राे जित

काठमाण्डाै : प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सशस्त्र प्रहरीएको एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।

आज मङ्गलवार मूलपानी क्रिकेट मैदानमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हरायो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा कुनै पनि विकेट नगुमाइ भेट्टायो । उसका लागि आशिफ शेखले ४२ र प्रदीप ऐरीले २५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि राजु रिजालले २४ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन जोड्न सकेन । एपीएफका भुवन कार्कीले चार तथा कमल ऐरी र मौसम ढकालले दुई/दुई विकेट लिए ।

एपीएफ चार अङ्कसहित समूह ‘ए’ काे शीर्ष स्थानमा छ भने सुदूरपश्चिम अङ्कविहीन हुँदै पुछारमा छ