२०८२ जेठ ३१ शुक्रबार

राशिफल

‘आउँदाे चुनाव नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छ’ : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनाव नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाण्डौ–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले यस पटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा नेकपा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले अहिलेको सत्ता गबठन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै जालीकीर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउनु नहुने बताउनुभयो । उहाँले सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउने हो भने संसद र निर्वाचनको अर्थ के हो रु भन्दै प्रश्नसमेत गर्नुभयो । अध्यक्ष ओलीले परमादेश जारी गरेसँगै अदालतको अवस्था बेहाल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसपल्ट नेकपा एमाले बाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन । त्यो राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी छ । देशका लागि राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी छ । अहिले राष्ट्रिय शक्ति बनाइएन भने, एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ । दुर्भाग्य भोग्नुपर्छ । फेरि कथम कदाचित यिनै मान्छेहरु, यिनीहरु अहिले जनताले छानेका होइनन्, संसदले छानेको होइन, यी परमादेश लिएर जाली कीर्ते ढंगले, मुद्दा सबैभन्दा बढी जाली,कीर्तेहरुले जित्ने हो नि । यी त जालीकीर्ते हुन् । सरकार बनाउने संसदको कुरा अदालतमा लगेर मुद्दा जितेर ल्यायौँ, भनेर प्रधानमन्त्री अदालतले हटाउँछ । संसदको के काम रु प्रधानमन्त्री अदालतले नियुक्त गर्छ । चुनावको के काम रु संसदको के काम रु नेपालको अदालतको हालत देख्दा अचम्म लाग्छ । त्यसदिन यता अदालत बेहाल अवस्थामा छ ।’

अध्यक्ष ओलीले विकासको मुल फुटाउने कामको नेतृत्व युवा र नेकपा एमलेले गर्ने भन्दै नेकपा एमालेको समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले अहिलेको सत्ता गठबन्धनको सरकारलाई अलछिना सरकारको संज्ञा दिनुभयो । उहाँले देश बिगार्न नदिनको लागि नेकपा एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउनु नहुने बताउनु भयो ।