२०८२ जेठ २२ बुधबार

राशिफल

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

काठमाडौं  :  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । उहाँ गोली लागेर घाइते हुनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

पाकिस्तानको पूर्वी सहर वजिराबादमा आज बिहीवार एक विरोध जुलुसका क्रममा पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको हो । घटनामा अन्य व्यक्ति पनि घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ ।

पाकिस्तान तहरीक(ए(इंसाफका महासचिव असद उमरले पूर्वप्रधानमन्त्री खानको खुट्टामा गोली लागेको बताएको खबरमा उल्लेख छ ।