काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न ओली दार्चुला जाने क्रममा आज उनी धनगढी पुगेका हुन् ।
अध्यक्ष ओली भोली दार्चुलामा आयोजना हुने चुनावि सभालाई सम्बोधन गर्न दार्चुला जाने कार्यक्रम रहेको एमाले प्रदेश कमिटि सचिव धर्मराज पाठकले बताए ।
ओलीले आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थालेको छ ।
दार्चुला सदरमुकाम खलंगामा भोली आज बिहान ११ बजे अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् ।
तपाइँको प्रतिक्रीया