२०८२ असार ४ बुधबार

राशिफल

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडान सुरु

काठमाण्डाै : हिमालय एअरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ।

हिमालयको जहाजले हिजो भैरहवाबाट १ सय ३८ जना यात्रु लिएर मलेसिया उडान गरेको एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार कम्पनीले एअरबस–३२० को जहाजमार्फत उडान भरेको हो । हिमालय एअरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाएको पनि उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सलाई भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न निर्देशन दिएको थियो । यसैबीच क्यानका अनुसार कुवेतको राष्ट्रिय ध्वजावाहक कुवेत  एअरले  अबको एक महिनापछि गौतम  बुद्ध  अन्तर्राष्ट्रिय  विमानस्थलबाट नियमित उडान गर्ने योजना समेत पेस  गरेको  छ।