२०८२ जेठ २१ मङ्गलबार

राशिफल

घरको पूजाकोठामा भगवानसँगै महजोडीको फोटो पनि राख्छु : प्रदीप भट्टराई

काठमाडौ : निर्देशक प्रदीप भट्टराई र महसञ्चार एकअर्काका पर्यायजस्तै हुन् । एकबिना अर्को अधुरो हुन आउँछ । महसञ्चारकै गोरेटोमा प्रदीपले फिल्म निर्देशनको करिअर बनाए ।

महजोडी र प्रदीपको पछिल्लो सहकार्य फिल्म ‘महापुरुष’ अहिले हलमा चलिरहेको छ । सकारात्मक प्रतिक्रिया मात्र होइन, फिल्मले बक्स अफिसमा पैसा पनि छापिरहेको छ । हरिवंशदेखि निर्देशक भट्टराईसम्म फिल्मको पोस्ट-रिलिज प्रचारप्रसारमा व्यस्त छन् । प्रदीप र महजोडीबीच सुरुवातदेखि नै एकखालको आत्मीय सम्बन्ध छ जुन उनीहरुले महापुरुष प्रचारको क्रममा पनि मिडियासामु खुलस्त पारे ।