काठमाडौं : आगामी मंसिर ४ गते हुने निर्वाचनको सुरक्षा व्यवस्थालगायत विषयमा छलफल गर्न नेपाल र भारतका प्रशासन र सुरक्षा अधिकारीबीच शनिबार रुपन्देहीमा अन्तरसीमा समन्वय बैठक हुने भएको छ ।
समन्वय बैठकमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र यहाँका तीन जिल्लासित सीमा गाँसिएका भारतका सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका डीएम र सुरक्षा प्रमुखको सहभागिता रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
बैठकमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा सरोकारवालाको सहभागिता रहनेछ । बैठकमा पेस गरिने एजेन्डाबारे तयारी पूरा भएको बताईएको छ ।
निर्वाचनलाई सुरक्षित र भयरहित तुल्याउन सीमा समन्वय बैठक आयोजना गरिएको हो ।
तपाइँको प्रतिक्रीया