२०८२ असार ६ शुक्रबार

राशिफल

महामन्त्री गगन थापा : आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने

काठमाडौ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नेतृत्वको सरकार बनेपछि ढंगका साथ काम गर्न नसके जनताले साथ छाड्ने बताउनुभएको छ ।

कांग्रेस सोलुखुम्वु काठमाडौ सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने र कांग्रेस नेतृत्वको सरकारले काम गर्न नसके जनताले साथ छाड्ने बताउनुभएको हो ।

उहाले निर्वाचन अघि कांग्रेसले जनतामाझ गरेका प्रतिवद्धताहरु सरकारमा पुगेपछि पुरा गर्नुपर्ने धारणा राख्नुभयो । यसपटक जनताले आफुहरुलाई अन्तिम मौका दिने भन्दै उहाले अन्तिम मौकाको सहि तवरले सदूपयोग गर्नुपर्ने जिकिर गर्नुभयो । थापाले बहुमतले गैरजिम्मेवार बनाउने अवस्था आउन नदिन सवै सजक हुनुपर्ने बताउनुभयो ।

थापाले निर्वाचनको केहि समयपछि परिणाम देखिने गरि काम गर्न नसके दुर्घटना हुने र यसको डर गठबन्धनका सवै नेताहरुलाई हुनुपर्ने उल्लेख गर्नुभयो ।