२०८२ असार ६ शुक्रबार

राशिफल

चुनावपछि पनि गठबन्धन सरकार बन्ने प्रधानमन्त्री देउवाको दाबी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको दोहो¥याउनुभयो । आज डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले त्यसैका विरुद्धमा गठबन्धन बनेको र चुनावपछि पनि गठबन्धन सरकार बन्ने दाबी गर्नुभयो ।

काँगेस सभापति समेत रहनुभएका देउवाले, ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा नआउने धारणा राख्नुभयो ।