२०८२ जेठ २२ बुधबार

राशिफल

पाकिस्तान सरकारले इमरान खानको भाषण प्रसारणमा रोक लगायो

काठमाडौं  : पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ ।

पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो ।

यो निर्देशन उल्लंघन गर्ने च्यानलहरुको लाइसेन्स रद्द गरिदिने चेतावनीसमेत उसले दिएको छ ।