२०८२ जेठ २७ सोमबार

राशिफल

सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ बढ्यो

काठमाडौं :  कारोवार हुने साताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ । अस्ति शुक्रबार सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य बढेको हो ।

आज आइतबार सुन तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।