२०८२ जेठ ३१ शुक्रबार

राशिफल

माओवादी कार्यकर्ताद्धारा हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं  :  नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषिमाथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग अवरुद्ध पारेका हुन् ।

सर्लाहीकी बलमाथपि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ ।