२०८२ जेठ ३१ शुक्रबार

राशिफल

ललितपुरमा दुई सय ९० वटा मतदान केन्द्र निर्धारण

काठमाडौं :  आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि ललितपुरमा दुई सय ९० वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ । ललितपुरमा दुई लाख ५० हजार चार सय १० मतदाता छन् ।

निर्वाचन कार्यालयसँगको समन्वयमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।