२०८२ जेठ २६ आइतबार

राशिफल

नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं :  पछिल्लो २४ घण्टामा नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार २ सय १९ पिसिआर परिक्षणका क्रममा २६ जना र ६ सय ६० एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप १८ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ सय ७० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।