२०८२ जेठ २२ बुधबार

राशिफल

पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशको जित

काठमाडौं : पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार लुम्बिनीले प्रदेश–१ लाई ३९ रनले हराएको हो ।लुम्बिनीले दिएको २ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश–१ ले ४६ ओभरमा अलआउट हुँदै २ सय ५१ रन मात्र बनाउन सक्यो ।

जितसँगै लुम्बिनी ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । प्रदेश–१ एक जित सहित प्रतियोगिताबाट बाहिरिएको छ ।