२०८२ जेठ ३१ शुक्रबार

राशिफल

निर्वाचनपछि पनि सत्ता गठवन्धनकै नेतृत्वमा सरकार बन्ने सञ्चारमन्त्री कार्कीको दावी

gyanendra karki

काठमाडौं, २० कार्तिक

सञ्चार तथा सूचना प्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने बताएका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर-४ मा सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताले चाहेको विकास र समृद्धिको अभिलाषालाई पुरा गर्न कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धनको सरकार बन्ने बताए ।

सामाजिक एकता र सदभाव अभिवृद्धि नगरी राष्ट्रिय एकता सम्भव नहुने बताउँदै उनले राष्ट्रिय एकता नभइ देशमा राजनीतिक स्थायीत्व कायम नहुने बताए । राजनीति स्थायीत्व भएपछि मात्रै मुलुकले समृद्धि हासिल गर्ने मन्त्री कार्कीको भनाइ छ