२०८२ जेठ २१ मङ्गलबार

राशिफल

भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

काठमाण्डौ   :  भोलि मंगलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । भोलि मंगलबार बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिनेछ ।

चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले भोलि लाग्ने ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण र ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।