काठमाण्डौ : जयनगर–कुर्था रेलमार्गमा आजदेखि निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल चल्ने भएको छ ।
भोलि कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन जाने तीर्थालुको सुविधालाई ध्यान दिँदै पर्सि बुधवारसम्म निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल सञ्चालन गर्न लागिएको हो ।
कात्तिक पूर्णिमाको लागि कमला नदीमा स्नान गर्न देशका विभिन्न ठाउँ र भारतबाट समेत तीर्थयात्रीहरु पुग्ने गर्छन् । तीन दिन यात्रुको चाप बढ्नसक्ने भएकाले निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल सेवा सञ्चालन गर्न लागिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया