काठमाडौं : कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइल चालकको ज्यान गएको छ ।
जिल्लाको भजनी नगरपालिका ६ को नवलपुरस्थित भित्री सडकखण्डमा ना२ख १३८१ नम्बरको ट्रकले बा८६प ३४८७ को मोटरसाइकललाई ठक्कर दिंदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाअनुसार दुर्घटनामा मोटरसाइकल चालक भजनी नगरपालिका ६ बस्ने २१ वर्षीय अविशेक चौधरीको मृत्यु भएको हो भने पछाडि सवार धिरेन्द्र चौधरी समान्य घाइते भएका छन् ।
तपाइँको प्रतिक्रीया