२०८२ असार ६ शुक्रबार

राशिफल

करको दर बढाउने गण्डकी प्रदेशको निर्णय खारेज

काठमाडौं  :  निर्वाचन आयोगले कर गण्डकी प्रदेश सरकारलाई कर घटाउने निर्णय दोस्रो पटक स्पष्टीकरण सोधेपछि खारेज गरेको छ। गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो

बुधबार पनि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधिएको हो । तर, मुख्यमन्त्री कार्यालयमा सोमबार मात्र पत्र प्राप्त भएको मुख्यमन्त्री स्रोतले जनाएको छ । सोही पत्र अनुसार गण्डकी प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले आचारसंहिता लागु हुनु पूर्व नै करको दर घटाएको भए पनि राजपत्रमा आचारसंहिता लागु भएपछि प्रकाशन गरेको थियो । निर्वाचन आचारसंहिता लागु हुनुभन्दा अघि नै मन्त्रिपरिषद्को निर्णयले गरेको थियो ।

प्रदेश सरकारले मंगलबार नै करको दर खारेज गरेको स्पष्टीकरण पठाउने भएको मुख्यमन्त्री कार्यलयका एक कर्मचारीले बताए ।