२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आज कार्तिक २२ गतेको राशिफल

मेष  : चु, चे, चो, ला, लि, लु, ले, लो, अ  धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मित्रबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

 

मिथुन  : का, कि, कु, घ, ङ, छ, के, को, हा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

 

सिंह  : मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । रोकिएको धन पनि हात पर्ला ।

 

तुला  : रा, रि, रु, रे, रो, ता, ति, तु, ते  कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

 

धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे आज यात्राको सम्भावना छ । सामाजिक कामको दायित्त्व बढ्नेछ । भूमि र वाहनबाट लाभ मिल्ने योग छ । प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ ।

 

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

 

वृष  : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आज सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय पनि छ, अतस् सावधानी अपनाउनु नै उपयुक्त होला ।

 

कर्कट  : हि, हु, हे, हो, डा, डि, डु, डे, डो नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभकार्यमा सरिक भइनेछ ।

 

कन्या  : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज मनमा दुविधाहरू उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ ।

 

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय पनि बित्नेछ ।

 

मकर : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि पुराना मित्रले व्यर्थको विवाद र कुरा काट्नेछन् । टाढाको यात्रा गर्नु पनि ठीक छैन, तर साँझमा कुनै समाचारले मनमा प्रसन्नता मिल्नेछ ।

 

मीन  : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि  आज कुनै समाचारले मनमा प्रसन्नता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ कार्य पनि हुनेछन् ।