२०८२ असार ४ बुधबार

राशिफल

गार्खामा ट्र्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

काठमाडौं : गोरखा नगरपालिका–८ बराहमन्दिर नजिकै सोमवार राति भएको ट्र्र्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

ग १ त ४८७८ नम्बरको ट्र्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका चालक आरुघाट गाऊँपालिका मान्बु घर भइ गोरखा नगरपालिका–५ सतिपिपलमा डेरा गरी बस्ने ३६ वर्षका राजु गुरुङको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा अस्पतालले थप उपचारका लागि चितवन रेफर गरेकोमा उपचारकै क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदराम भण्डारीले बताए । सहचालक गोरखा नगरपालिका–८ घर भएका ४३ वर्षका खुसबहादुर थापाको अवस्था सामान्य छ