काठमाण्डौ : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।
आज समूह ‘ए’ का त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र मधेस प्रदेशबीच खेल हुनेछ।
आर्मी र कर्णालीको खेल मूलपानी मैदानमा तथा पुलिस र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ बाट एपिएफ ४ खेलमा ७ अङ्कका साथ सेमिफाइनलमा पुगेको छ ।
यो समूहमा गण्डकी ४ खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ ।
तपाइँको प्रतिक्रीया